भारतीय शेयर बजारले शुक्रबार नयाँ रेकर्ड कायम गरेकाे छ । आज सेन्सेक्स ५०२ अंकले बढेर ६६,०६० विन्दुमा बन्द हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेकाे छ ।
काराेबारकाे समयमा सेन्सेक्सले आफ्नो सबै रेकर्ड ताेड्दै नयाँ ऐतिहासिक उंचाइ छाेएकाे थियाे । सेन्सेक्स ६६,१५९ विन्दुमा पुगेकाे थियाे जुन पछिल्लाे ५२ साताकै उच्च हाे। सेन्सेक्सका ३० मध्ये १९ वटा शेयर बढेका छन् भने ११ वटा घटेका छन् ।
यसैगरी, यस दिन निफ्टी पनि १५० अंकको वृद्धि हुँदा १९,५६४ को उच्च विन्दुमा बन्द भएको छ । यसका साथै, कारोबारको क्रममा निफ्टीले पनि १९,५९५.३५ काे नयाँ उच्च विन्दु पुगेर ५२ हप्ताको उच्च रेकर्ड बनाएको छ।
टिसीएस निफ्टी-५० को टप गेनर
यस दिन निफ्टी ५०का टिसीएस, इंफाेसिस, टेक महिन्द्रा, एलटिआईएम, एचसीएल टेक, हिंडाल्काे र आयर माेटर्स लगायतका कम्पनीहरूकाे शेयरमूल्य बढेकाे छ। एचडीएफसी लाइफ, पावर ग्रिड, डा रेड्डी, अल्ट्रा-टेक सिमेन्ट, टाइटन, मारुति, एम एन्ड एम र सन फार्माकाे शेयरमूल्य भने गिरावट भएकाे छ।
आईटी क्षेत्रमा सबैभन्दा बढी वृद्धि
एनएसईका सबै ११ क्षेत्रीय परिसूचकहरूमा वृद्धि देखिएकाे छ। जसमध्ये आईटी क्षेत्र सबैभन्दा धेरै ४.४५ प्रतिशतले बढ्यो। मिडिया क्षेत्र ३.९४ प्रतिशतले बढ्दा मेटल र रियल्टी क्षेत्र पनि १ प्रतिशत भन्दा बढीले बढेको छ। यसैगरी, शुक्रबार बैंक, अटो, फाइनान्सियल सर्भिस, एफएमसीजी, फार्मा, पीएसयू बैंक र प्राइभेट बैंक क्षेत्रमा पनि उछाल देखिएको छ ।






