झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आज (शुक्रबार) झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमकाबीच कम्पनीले सिभिल क्यापिटल मार्केट सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे ।






