आइएमई लाइफको आईपीओ भोलि बाँडफाँट हुने, ९ लाख ६० हजारले शेयर पाउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई लाइफको आईपीओ भोलि बाँडफाँट हुने, ९ लाख ६० हजारले शेयर पाउने

आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोलि शनिबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय, सिटिसी मल, सुन्धारमा बिहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो । 

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसा दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, निष्काशन गरिएको कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको ९६ लाख कित्ता शेयर वितरण हुनेछ ।

Read More
  • MBL - below news