सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अुनमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले विद्युतीय नियमन आयोगबाट हकप्रदको स्वीकृति पाएसँगै कम्पनीले बोर्डबाट स्वीकृति लिन त्यहाँ निवेदन दिएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौतापत्रमा सिंगटी हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।






