कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा यसरी झुम्मिए लगानीकर्ता


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा यसरी झुम्मिए लगानीकर्ता

काठमाडौं :  कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ९१ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (असार २८ गते) साँझ ५ः०४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६३.६८ गुणा बढी आवेदन हो । 

कम्पनीले असार २७ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीको १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला भएको हो । यो मध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ५% (६ हजार ९३ कित्ता) सामूहिक लगानी कोष र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको छ । 

Read More
  • EBL Ad news