काठमाडौं : नयाँ ब्रोकर कम्पनीहरुले आज बिहीबारबाट सेयर कारोबार सुरु गरेका छन् । नेप्सेको फ्लोर सिट हेर्दा हालसालै अनुमति पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सुरु गरेको देखिएको हो । ६१ देखि ६७ सदस्य नम्बर रहेका नयाँ ब्रोकरहरुले सेयर खरिद गरेका छन् ।
यिनीहरुले सेयर बिक्री भने गरेको देखिएको छैन । यी ब्रोकरमार्फत लगानीकर्ताले सेयर किनबेच गर्ने हुन् । धितोपत्र बोर्डबाट लाइसेन्स र नेप्सेबाट सदस्यता पाएका ७ ब्रोकरले चालु आर्थिक वर्ष अन्तिमतिर पुग्दा कारोबार थालेका हुन् ।






