नेप्सेमा ६० अर्बको ऋणपत्र सूचिकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ६० अर्बको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) ६० अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ५ वटा विकास ऋणपत्र सूचिकृत भएको हो । जसमध्ये, २०८४ 'ट' नामकाे २० अर्ब रूपैयाँ बराबरकाे, २०८५ 'ज' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे, २०८५ 'झ' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे, २०८६ 'ङ' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे  र २०८६ 'च' नामकाे १० अर्ब रूपैयाँ बराबरकाे गरी कुल ६० अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ । 

Read More
  • EBL Ad news