काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडांैंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले विद्युत नियमन आयोगले स्वीकृति दिए बमोजिम शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड १२ लाख ७९ हजारको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
उक्त हकप्रद निष्कासनका लागि साधारण सभाबाट पारित गराएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाउनुपर्ने हुन्छ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । हाल कम्पनीले लमजुङ जिल्लामा ४ दशमलव ९५ मेगावाट क्षमताको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।






