अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट अन्तिम स्वीकृति पाएकाे छ ।
कम्पनीकाे वैशाख ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १:१ काे अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेकाे थियाे । कम्पनीकाे असार ७ गते, सम्पन्न भएकाे विशेष साधारण सभाले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव पारित गरेकाे थियाे ।






