काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ६४ करोड ४२ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज दोस्रो दिन (असार २७ गते) साँझ ५ः०४ बजेसम्ममा ५ लाख ९४ हजार २८ जनाले ६४ लाख ४२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६३.६८ गुणा बढी आवेदन हो । कम्पनीले मंगलबार (असार २७ गते) देखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।






