शेयरधनीलाई वार्षिक न्यूनतम १० % दीर्घकालीन प्रतिफल दिने एचआईडीसीएलको लक्ष्य


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयरधनीलाई वार्षिक न्यूनतम १० % दीर्घकालीन प्रतिफल दिने एचआईडीसीएलको लक्ष्य

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले १२औं वार्षिकोत्सवका अवसरमा कम्पनीको रणनीतिक सोच र दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ ।

जलविद्युत एवं नवीकरणीय ऊर्जासँग सम्बन्धित आयोजनामा लगानी गर्ने मुलुकको सक्षम र अग्रणी संस्थाका रूपमा कमपनीलाई विकास गर्ने लक्ष्य रहेको छ । 

वित्तीय स्रोत परिचालन तथा जलविद्युत तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तारका माध्यमबाट राष्ट्रिय आय, विद्युत उत्पादन तथा आपूर्ति र रोजगारीमा अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्ने रणनीतिक सोच कम्पनीको  छ । 

कम्पनीले वित्तीय स्रोतको परिचालन तथा सन्तुलित लगानी व्यवस्थापनका माध्यमबाट लगानीकर्तालाई आकर्षिक प्रतिफल प्रदान गर्ने दीर्घकालीन सोच राखेको छ । 

Read More
  • EBL Ad news