काठमाडौं : केही दिनको साइडवेज प्रवृत्तिपछि नेप्सेले बुधबार फेरि गति लिएको छ । यस दिन नेप्से सूचक २५।३१ विन्दुले बढेर २०९७।५५ अंकमा आएको छ । ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।
असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर बुधबारबाट फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ ।






