बुधबार बिहानैदेखि टिएमएसमा देखिएको समस्या सामाधानपछि शेयर कारोबार सुचारु भएको छ। टिएमएसको समस्याको कारण बुधबार बजार खुलेपछि पनि करिब २० मिनेट शेयर कारोबार ठप्प भएको थियो।
समस्या सामाधन भएपछि अहिले सहज शेयर कारोबार खुलिसकेको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए। तर समस्या के कारणले आयो भन्ने एकिन नभइसकेको उनले बताए।
टिएमएसमा सबै कम्पनीको शेयरमूल्य शतप्रतिशतले घटेको देखिएको थियाे। मंगलबारदेखि नै टिएमएसमा समस्या देखिएको भए पनि बुधबार कारोबार खुल्दा समेत उक्त समस्या सामाधान हुन सकेको थिएन।






