काठमाडौं : सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आएर अडिएको छ । २ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचक दबाबमा रहँदा कारोबार रकम पनि खुम्चिएको हो । यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । विकास बैंक र फाइनान्स समूहमा चमक देखिएको छ ।
लगानीकर्ताहरुमा ‘पर्ख र हेर’ को रणनीति हावी हुँदा बजार प्रभावित भएको अनुमान गरिएको छ । असार मसान्तको साँवा–ब्याज तिर्न लगानीकर्ताहरुले रकम जोहो गरिसकेका भए पनि कतिपयमा बजार प्रवेशका लागि अझै केही दिन कुर्ने मनोवृत्ति हावी हुँदा बजार सामान्य प्रभावित भएको जानकारहरु बताउँछन् ।






