कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले मिति २०८० साल अषाढ २५ गते सोमबारको दिन भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित  भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

उक्त कार्यक्रममा ६० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

Kammana Sewa Bikas Bank

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री हरि प्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख श्री सुरज कुमार सरार्फ लगायत अन्य कर्माचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक श्री तुलसी राम घेमोसु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

  • MBL - below news