अनलाइन जुवा खेलाएको आरोपमा ११ विरुद्ध मुद्दा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाइन जुवा खेलाएको आरोपमा ११ विरुद्ध मुद्दा

काठमाडौं : अनलाइन बेटिङ साइट वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका १० जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको छ। एक जनालाई फरार अभियुक्त बनाइएको छ। उक्त मुद्दामा सोमबार थुनछेक बहस सुरु भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सट्टेबाजी गराउने तथा यसको प्रचार गर्ने कलाकार तथा युट्युबरविरुद्ध पनि अभियोग दायर गरिएको हो। कलाकार र युट्युबरसहित ११ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमा १० जना प्रहरी हिरासतमै छन् भने एक जना फरार छन्। 

कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धितालविरुद्ध सट्टेबाजी गराएको आरोपमा मुख्य अभियुक्तको रूपमा मुद्दा दर्ता भएको छ। खड्का दम्पतीले नेपालमा वान एक्स बेटको एजेन्ट भएर काम गरेको आरोप छ। उनीहरूले विभिन्न व्यक्तिहरूको नागरिकता र सिमकार्ड प्रयोग गरेर ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँको क्रेडिट कारोबार गरेको आरोप छ। उनीहरूसँग यति नै रुपैयाँबराबरको बिगो माग गरिएको छ। 

Read More
  • MBL - below news