काठमाडौं : चालु आर्थिक वर्षमा सबैभन्दा धेरै कम्पनीहरुले आइपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले यस वर्ष ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो ।
आर्थिक वर्ष सकिन अझै समय बाँकी रहेकाले आवेदन दिएका केही कम्पनीहरुले थप स्वीकृति पाउने सम्भावन पनि छ । यस अवधिसम्म आइपुग्दा २९ वटा हाइड्रोपावर, ४ इन्सुरेन्स, ४ लघुवित्त, २ होटल तथा पर्टयटन समूहका कम्पनी रहेका छन् ।
यस्तै, अन्य र उत्पादन समूहका एक–एक वटा कम्पनीले पनि प्राथमिक सेयर जारी गर्न अनुमति प्राप्त गरेका हुन् । यसमध्ये कतिपय कम्पनीहरुको आइपीओ बिक्री खुला हुन बाँकी छ । यो वर्ष ४२ कम्पनीहरुले २२ अर्ब ३७ करोड ८६ लाख १२ हजार ८९७ रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने अनुमति प्राप्त गरेका हुन् ।






