आइएमई लाइफको आईपीओमा करिब १३ लाखको आवेदन, १.६४ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई लाइफको आईपीओमा करिब १३ लाखको आवेदन, १.६४ गुणा बढी शेयर माग

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज अन्तिम दिनसम्ममा करिब १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०६ बजेसम्ममा १२ लाख ९० हजार ७४१ जना आवेदकबाट ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ८७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ९६ लाख कित्ता शेयरको १.६४ गुणा बढी हुन आउँछ ।

आइएमई लाइफले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।

Read More
  • EBL Ad news