कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता ।


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता ।

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा मिति २०८० साल अषाढ २४ गते आईतबारको दिन हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरु उपलब्ध गराउन सहमत भएको छ । साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने छ । उक्त सम्झौता पश्चात, बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धान समेत गर्न सहमत भएको छ ।

बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई ईन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले  सिफारिस गरेका विद्यार्थीहरुलाई २ सोधकार्य गर्ने छात्रवृत्ती प्रदान गर्नेछ ।

  • MBL - below news