थप दुई जलविद्युुत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
थप दुई जलविद्युुत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय थप दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई शेयर निष्कासनको लागि अनुमति दिएको हो । 

चिर्खुवा हाइड्रोपावर लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निकाष्सनका लागि बोर्डको अनुमति पाएको हो । हाल संस्थापक तर्फबाट ७० प्रतिशत शेयर स्वामित्व कायम गरेको यस कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न अनुमति पाएको हो । संस्थापकतर्फ हाल कम्पनीको रू. २८ करोड चुक्ता पूँजी कायम रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी रू. ४० करोड कायम हुनेछ ।

Read More
  • EBL Ad news