विश्व अर्थतन्त्र
पछिल्ला दशकमा विकसित अर्थतन्त्रमा मुद्रास्फीतिबारेको विवादमा परिवर्तन आएको छ । मापनसम्बन्धी मामिला, कमजोर रूपमा उच्च मुद्रास्फीतिका चिन्ता र ऋणपत्र बजारको अत्यधिक शक्तिलगायतका विषयको चर्चा न्यून हुँदै गएको छ । तर, अत्यधिक न्यून स्तरको मुद्रास्फीतिले वृद्धिलाई चोट पुर्याउँछ भन्नेचाहिँ प्रमुख चिन्ता बन्न थालेको छ ।
मुद्रास्फीति बढाउन विभिन्न तत्वले काम गरको हुन्छ । अत्यधिक रकमको आपूर्ति, ऋणको प्रवाहले पनि मुद्रास्फीति बढाइरहेको हुन्छ । यसैक्रममा झन्डै ११ ट्रिलियन डलरबराबरको विश्व ऋणपत्रमा नकारात्मक ब्याजदर स्रोतको गडबडी र घरपरिवारको दीर्घकालीन वित्तीय सुरक्षा कम गर्ने कारक बन्न सक्छ । साथै सम्पत्तिको बढ्दो मूल्यले भविष्यमा वित्तीय अस्थिरताको जोखिमलाई पनि बढाउन सक्छ ।
साथै लगानीकर्ता पनि केन्द्रीय बैंकप्रति बढी निर्भर हुन थालेका छन् । खासमा चाहिँ केही डराउनुपर्ने अवस्था थियो । उच्च मुद्रास्फीति उत्पादन गर्ने नयाँ तरिकाको खोजीमा प्रमुख केन्द्रीय बैंकहरूले चक्रीय मानसिकतालाई समर्थन गर्न खोजेजस्तो देखिन्छ । यसले पर्याप्त कुल मागका लागि लगातार मार्गदर्शन गर्योे ।
व्यापारसम्बन्धी कदमजस्ता आर्थिक नीतिगत साधनको हतियारकरणले विश्वको आर्थिक र वित्तीय सम्बन्धलाई विघटित पार्दै छ । यसले उच्च मूल्यलाई समर्थन गर्दै आएको छ । सोही क्रममा न्यून मुद्रास्फीति जारी रहने अनुमान पूर्णतयाः स्थापित भइसकेको छ ।
पक्कै पनि सन् २०१८ मा मुद्रास्फीति केन्द्रीय बैंकको लक्षित २ प्रतिशतनजिक आएको थियो । पछि युरोप र अमेरिकाको कोर मुद्रास्फीति भने घट्दै आइरहेको छ । अमेरिकाको बेरोजगारी दर पाँच दशकयताकै न्यून बिन्दु (३ दशमलव ६ प्रतिशत) मा ओर्लिएको छ । तर पनि श्रमशक्तिको सहभागिता दर (६२ दशमलव ८ प्रतिशत) भने तुलनात्मक रूपमा न्यून नै छ ।








