भारतको सेयर बजार पुँजीकरण २० वर्षमा ३० गुणाले बढ्यो, सेन्सेक्स ४,४०० विन्दुबाट ६५,००० हजार विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतको सेयर बजार पुँजीकरण २० वर्षमा ३० गुणाले बढ्यो, सेन्सेक्स ४,४०० विन्दुबाट ६५,००० हजार विन्दुमा

काठमाडौं : पछिल्लो २० वर्षको अवधिमा भारतको अर्थतन्त्र अविकसित वर्गबाट उठेर उदीयमान महाशक्तिको रुपमा चिनिन थालेको छ । यस अवधिमा भारतको सेयर बजार पुँजीकरण यात्राले पनि त्यहाँको अर्थतन्त्रलाई नै प्रतिबिम्बित गरेको देखिएको छ । विगत २० वर्षको अवधिमा बम्बे स्टक एक्सचेन्ज (बीएसई) मा सूचीकृत सबै सेयरहरुको बजार पुँजीकरण ३० गुणाले बढेको छ ।

भारतको सेयर बजार पुँजीकरण अहिले ३०० लाख करोड भारतीय रुपैयाँ ९भारु० भन्दा बढीको रेकर्ड उच्च विन्दुमा छ । २० वर्षअघि अर्थात सन् २००३ को सेम्टेम्बरमा भने सेयर बजार पुँजीकरण जम्मा १० लाख करोड भारु रहेको थियो । हाल भारतको प्रमुख सेयर बजार सूचक ‘सेन्सेक्स’ यसअघि कहिल्यै नपुगेको विन्दुमा पुगेको छ ।

Read More
  • EBL Ad news