काठमाडौँ — प्रत्यक्ष बिक्रीका नाममा व्यवसायीले धमाधाम नेटवर्किङ व्यवसाय गरिरहँदा सरकारले भने कम्पनी थप्नै हतारो गरिरहेको छ । वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन–०७४ र नियमावली–०७६ को आडमा १७ व्यवसायीले इजाजत पाएका छन् । थप एक कम्पनी इजाजत पाउने क्रममा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यस्ता व्यवसायीलाई ०७७ असार १६ देखि इजाजत दिन सुरु गरेको सरकारले नियमनमा भने ध्यानै दिएकै छैन । इजाजत पाएका धेरै कम्पनीका सञ्चालक पुरानै नेटवर्किङ गिरोहका सञ्चालक रहेको विभागकै कर्मचारी बताउँछन् । तर अध्ययनअनुसन्धानबिना धमाधाम इजाजत दिने क्रम रोकिएको छैन ।







