सम्पति शुद्दीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सेना र शाखा प्रमुख सहित ११ जना बिरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको छ। सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले सीइओ तिमिल्सेना सहित विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
उनीहरुबाट सम्पति शुद्दिकरणको कसुर भएको तथ्य स्थापित हुन आएको देखिएकाले सीईओ तिमिल्सेना सहित ११ जना विरुद्द १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी मुद्दा दायर गरिएको बिभागले जनाएको छ।




