काठमाडौँ । असार अन्तिम लागेसँगै यसको प्रभाव सेयर बजारमा राम्रै लागेको छ । वर्ष भरीको हिसाबकिताब लगानीकर्ताहरु अकाउण्ट क्लोजिङ्गमा लाग्दै गर्दा सेयर बजारले ओरालो यात्रा तय गरेको हो ।
अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । तर, यो साताको पहिलो कारोबार दिननै ५३ अंकमाथिले नेप्से सूचक घटेर शुरुवात गरेकोमा अन्तिम दिनसम्ममा कूल १०१ अंकले घट्दै नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा झरेको छ ।






