घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको स्थगन गरिएको आईपिओ आज असार २२ गते शुक्रबारबाट पुनः सुचारु भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज शुक्रबारदेखि आईपिओ बिक्री पुन: सुचारु गरिएको जनाएको हो ।
जस अनुसार शेयर खरीदका लागि आवेदन दिई सकेका आवेदकहरुले सो आवेदनमा शेयर संख्या थप घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा आज असार २२ गते शुक्रबार असार २४ गतेसम्म आइतबार बैंकिङ्ग समय सम्म आफ्नो सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ ।
सिडीएससीका अनुसार घोराही सिमेन्ट ईन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनमा आवेदन दिई सकेका आवेदकले आफ्नो आवेदन फिर्ता लिन वा परिमार्जन गर्न चाहेमा आफ्नो रकम रोक्का रहेको बैंक समक्ष निवेदन दिएर परिमार्जनको अनुरोध गर्न सकिन्छ। यसरी परिमार्जन गर्नका लागि प्राप्त निवेदनको आधारमा बैंकले आवेदकको रोक्का रहेको रकम फुकुवा गरि सो आवेदनलाई पुन परिमार्जन गर्न मिल्ने बनाउनका लागि निष्कासन तथा विक्री प्रबन्धकलाई अनुरोध गर्नेछ। निष्कासन तथा बिक्री प्रबन्धकले उक्त आवेदनलाई परिमार्जन गर्न सकिने (Unverified) अवस्थामा परिवर्तन गरे पश्चात् तपाइले उक्त आवेदन परिमार्जन गर्न सक्नुहुनेछ । यदि आवेदकबाट प्राप्त निवेदन आवेदन फिर्ताका लागि भएमा बैंकले निष्कासन तथा बिक्री प्रबन्धकले परिमार्जन गरेको उक्त आवेदनलाई रद्द (Rejected) गर्न सक्ने छ।





