घोराही सिमेन्टले शुक्रबार शेयर थप/घट वा रद्द गर्ने सूचना निकाल्ने भएको छ। धितोपत्र बोर्डले यस अघि निष्कासनमा आवेदन दिएका लगानीकर्तालाई थप/घट वा रद्द गर्न दिने निर्णय गरेसँगै घोराहीले उक्त सूचना निकाल्न लागेको हो।
तर जसरी यस अघि शेयरमा आवेदन दिएका लगानीकर्तालाई शेयर थप/घट वा रद्द गर्न दिन बोर्डले भनेको छ,त्यसरी शेयर थप/घट वा रद्द गर्न मिल्ने सुविधा भने केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) सँग नभएको बताएको छ।
सिडिएससीका अनुसार घोराहीको शेयरमा आवेदन दिएकाहरुले शेयर थप/घट वा रद्द गर्नु पर्ने भए आवेदन दिएको बैंकमार्फत गर्नु पर्ने बताएको छ। “मेरो शेयर मार्फत हामीले आवेदन मात्रै लिने हो। के कति रकम 'बल्क' गर्ने भन्ने बिषय बैंकको पार्टमा पर्छ। त्यसले गर्दा बल्क भएको रकम थप/घट गर्ने वा रद्द गर्ने बिषय बैंकले नै हेर्ने भएकोले लगानीकर्ताले आफूले निवेदन दिएको बैंकमै सम्पर्क गर्नु पर्छ ”सिडिएससीका एक अधिकारीले मेरो लगानीसँग भने।






