बैंकिङ प्रणालीको नियमन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंकिङ प्रणालीको नियमन

बैंकिङ व्यवसायलाई व्यवस्थित, भरपर्दो, विश्वसनीय रूपमा सञ्चालन गर्नुपर्ने दायित्व प्रत्येक राष्ट्रका सरकारको हुन्छ । बैंकिङ प्रणाली सरकारको नियन्त्रणमा हुनुपर्ने अवधारणा क्रमशः विकासित हुँदै गएको पाइन्छ । भारतमा इन्दिरा गान्धीको पालामा निजीक्षेत्रका वाणिज्य बैंकहरूलाई राष्ट्रियकरण गरी बैंकिङ क्षेत्रलाई सरकारको प्रत्यक्ष नियन्त्रणमा ल्याइएको थियो । राज्यको दायित्व अन्तर्गत स्वदेशी तथा विदेशी व्यापारिक प्रक्रियाको भुक्तानी प्रणालीलाई व्यवस्थित तथा विश्वसनीय बनाई व्यापारिक कारोबारको सुनिश्चित प्रत्याभूति दिन सक्नुपर्छ । त्यसैले प्रायः सरकारले छुट्टै नियमनकारी निकायका रूपमा केन्द्रीय बैंकको स्थापना गरी सम्पूर्ण बैंकिङ प्रणालीको नियमन गर्ने गरिन्छ । नियमनकारी संस्थाको स्थापना गरी मौद्रिक नीतिका माध्यमबाट ब्याजदर, मुद्राको स्थिति, आर्थिक विकास तथा स्थिरता कायम राख्न प्रत्येक राज्यका सरकारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । वैदेशिक व्यापार लगायत आयात÷निर्यातमा परेको नकारात्मक असरलाई समयसापेक्ष सम्बोधन गर्न केन्द्रीय बैंकको भूमिका अपरिहार्य हुन्छ ।

नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले यसका क्रियाकलाप वाणिज्य बैंक र विकास बैंकहरूको भन्दा भिन्दै हुन्छ । केन्द्रीय बैंकले सर्वसाधारणबाट निक्षेप लिने तथा लगानीकर्तालाई सोझै ऋण दिने कार्य गर्दैनन् । सर्वसाधारण जनता समक्ष सोभैm सम्पर्क नगरे तापनि सर्वसाधारणलाई बैंकिङ सेवाको पहुँच तथा विश्वसनीयता कायम गराउन नेपाल राष्ट्र बैंकले भूमिका खेलिरहेको हुन्छ । विनिमयदर निर्धारण, कर्जा नियन्त्रण नीति, विनियम नियन्त्रण लगायत विषयमा नेपाल राष्ट्र बैंकले कार्य गरिरहेको हुन्छ । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने गरी मूल्य र शोधनान्तर स्थिरता कायम गर्न तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न नेपाल राष्ट्र बैंकले प्रमुख भूमिका खेल्छ । नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको नियमन, सुपरिवेक्षण, कारबाही गर्ने अधिकार समेत नेपाल राष्ट्र बैंकलाई रहेको छ ।

Read More
  • MBL