अघिल्लो दिनकै अंकमा सम्हालियो नेप्से


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अघिल्लो दिनकै अंकमा सम्हालियो नेप्से

काठमाडौँ — बिहीबार सेयर बजारको गिरावट अन्तिम समयमा सम्हालिएको छ । सवा १ बजेतिर २०३३ अंकमा झरेको नेप्से परिसूचक अन्ततः बन्द हुँदा भने हिजोकै अंक २०४९ मा कायम भयो । अघिल्लो दिनको तुलनामा परिसूचक जम्मा ०.०६ अंक मात्रै घटेको हो । त्यस्तै परिसूचक मात्रै नभई कारोबार रकम पनि अघिल्लो दिनकै जति ३ अर्ब ७ करोडको भएको छ । 

कुल ९० कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ ३, फाइनान्स १, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा २२, अन्य ५ अंक घटे । उत्पादन ३१, विकास बैंक ८, जीवन बीमा १०, जलविद्युत् २१, होटल तथा पर्यटन ८० अंक बढे ।

Read More
  • EBL Ad news