काठमाडौं । आफ्नै कर्मचारीले किन्न नमानेको र फर्जी खरिदकर्ता उत्पन्न भएको तथा अस्वाभाविक प्रिमियम मूल्यमा धितोपत्र जारी गरिएको घोराही सिमेन्टको आईपीओ विवादका सम्बन्धमा छानबिन जारी राख्दै फेरि पनि निष्कासन खुला गरिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिएका लगानीकर्ताको रकम बन्धक नबनाउने उद्देश्यसहित निष्कासन खुला गर्न बाटो खोलिदिएको हो ।
बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले लगानीकर्ताले आईपीओ फिर्ता लिन चाहेमा निष्कासन तथा बिक्री प्रबन्धकले सूचना निकालेको तीन दिनभित्र आवेदन दिन सकिने प्रावधानसहित सेयर जारी गर्ने समय दिएको बताए । ...






