काठमाडौं : यातायात ब्यवस्था कार्यालयहरू लाग्ने गरेको भीड र विचौलिया प्रवृति अब अन्त्य हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र विचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिएँ। लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौं,' उनले भने। उनले गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु भएको बताए। महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्ने उनको भनाइ छ।








