काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.२६ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २०४९ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
हिजो २ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७ करोडको भएको छ । कुल १४ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो भने २ को स्थिर रहृयो । बैंकिङ ११, विकास बैंक ६३, फाइनान्स २०, होटल तथा पर्यटन ८८, जलविद्युत् ५६, जीवन बीमा ४०९, उत्पादन १०५, माइक्रोफाइनान्स ८६, निर्जीवन बीमा ३१०, अन्य ३६ र ब्यापार उपसमूह ३२ अंक घटे ।





