१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो ।
मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ ।’ पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ ।








