अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, ५३ हजार ९५० जनाले मात्रै सेयर पाउनेq


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी, ५३ हजार ९५० जनाले मात्रै सेयर पाउनेq

काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरीएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार (असार २२ गते) आइपीओ बाँडफाँटको तयारी गरिएको छ ।  अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । 

यसमा मागभन्दा २५.८८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ८२ हजार ४६३ जनाले कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ५३ हजार ९५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ । 

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ । त्यस्तै, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । 

Read More
  • EBL Ad news