आईएमई लाइफको आईपीओ निष्कासन मिति सर्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईएमई लाइफको आईपीओ निष्कासन मिति सर्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले प्राविधिक कारण देखाई आईपीओ निष्कासनको मिति सारेको छ । यस अघि असार २० गते २४ गतेसम्म आईपीओ निष्कासन गर्ने मिति तय गरिएको थियो । तर, कम्पनीले असार २० गतेनै सुचना जारी गर्दै असार २१ गतेदेखि २५ गतेसम्म आईपीओ निष्कासन गर्ने जानकारी दिएको हो । 

कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ भने असार १९ गते बाँडफाँट गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले असार १ गतेदेखि १५ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ ।

Read More
  • MBL - below news