बुधबार बिहान नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठक बस्ने भएको छ । यस अघि नेप्सेले एलओआई प्रदान गरेका ब्रोकर कम्पनीलाई उक्त बैठकले कारोबार संचालनको लागि अनुमति दिन सक्ने सम्भावना रहेको छ ।
नेप्सेले पहिलो चरणमा ७ कम्पनीलाई आशय्पत्र प्रदान गरेको थियो । पहिलो चरणमा आशयपत्र पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका थिए। यी कम्पनीले जेठ ८ मा धितोपत्र बोर्डबाट लाईसेन्स पाएका थिए । नेप्सेको बुधबार बस्ने संचालक समितिको बैठकले यी मध्ये पूर्वाधार तयारी अवस्थामा पुर्याएका कम्पनीलाई कारोबार संचालनको लागि अनुमति दिने छ । ...





