हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड प्रति कित्ता ५० रुपैयाँमा आईपिओ निष्काशन गर्ने पहिलो कम्पनी बन्ने भएको छ । नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आउने भएको हो । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।





