रावा इनर्जी र मोदी इनर्जीको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रावा इनर्जी र मोदी इनर्जीको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलवार (आज) दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता र मोदी इनर्जीको २ करोड ९० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

रावा इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ८३ दशमलव १० देखि २४९ दशमलव ३० ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीले  लगानी गरेको १९ लाख ६० हजार गरेर कुल २८ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल आरएडब्लुए (रावा) रहेको छ । त्यस्तै कम्पनीले सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी गराएको छ । 

Read More
  • EBL Ad news