काठमाडौं । साङ्गे विद्युत कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ ।
कम्पनीले १ः८ को अनुपातमा अर्थात विद्यमान १ कित्ता शेयर बराबर नयाँ ८ कित्ता शेयरको दरले हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले प्रति शेयर ५० का दरले २३ लाख ६८ हजार १ सय २२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।
हाल कम्पनीको प्रति कित्ता शेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो शेयर संख्यालाई २ ले गुणा गरी हकप्रद शेयर भर्न कम्पनीले अनुरोध गरेको छ ।






