२०७५ अंकमा झर्‍यो सेयर बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२०७५ अंकमा झर्‍यो सेयर बजार

काठमाडौँ — सोमबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.३२ अंक घटेर २०७५ मा कायम भएको छ । कारोबार भइरहँदा सवा १ बजे परिसूचक अधिकतम २११३ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ५ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ५ करोडमा खुम्चियो । 

१७४ कम्पनीको मूल्य घट्दा ४१ को मात्रै बढ्यो भने १० को स्थिर रह्यो । होटल तथा पर्यटन र ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् । बैंकिङ १२, विकास बैंक ३२, फाइनान्स ९, जलविद्युत् ३२, जीवन बीमा २३०, उत्पादन ६२, माइक्रोफाइनान्स ५१, निर्जीवन बीमा ८६ र अन्य १७ अंक घटे । ब्यापार १७ र होटल तथा पर्यटन उपसमूह ११४ अंक बढे ।

Read More
  • EBL Ad news