नागरिक लगानीकोषले २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नागरिक लगानीकोषले २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषले प्रस्ताव गरेको कुल २६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे हुनेछ ।

उक्त सभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुक क्लोज गर्ने मिति यस अघिनै तय गरिसकेको छ । बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कोषको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

Read More
  • EBL Ad news