साताको पहिलो कारोबार दिन अर्थात सोमबार, जुलाई ३ मा भारतीय शेयर बजारले नयाँ अलटाइम हाइ बनाएको छ। यस दिन सेन्सेक्स ६५,०८९ को स्तरमा पुगेको छ। योसँगै निफ्टीले पनि १९,२९६ को स्तर छोएको छ।
यसअघि, सेन्सेक्स ११८ अंकले बढेर ६४,८३६ को स्तरमा खुलेको थियो। निफ्टी पनि ५७ अंकले बढेर १९,२४६ स्तरमा खुलेको थियो। प्रारम्भिक कारोबारमा, सेन्सेक्सका ३० वटा स्टकमध्ये २१ वटा बढेका छन् भने ९ वटा घटेका छन्।
बजारमा उछाल आउनुका ५ कारण
- मुद्रास्फीति न्यून भएकाले बजारले समर्थन पाएको छ
- कच्चा तेलको मूल्यमा गिरावट
- डलरको तुलनामा रुपियाँ बलियो हुनु
- विदेशी लगानीकर्ताले भारतीय बजारमा लगानी बढाइरहेको
- भारतको विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि
यो वर्ष हालसम्म बजारमा ६ प्रतिशतभन्दा बढी वृद्धि
यस वर्ष बजारमा अहिलेसम्म ठूलो वृद्धि देखिएको छ। वर्षको शुरुवातमा अर्थात जनवरी २ मा सेन्सेक्स ६१,१६७ को स्तरमा थियो, जुन अहिले (जुलाई ३) ६५,०८५८ विन्दुमा पुगेको छ। अर्थात् यो वर्ष अहिलेसम्म ६ प्रतिशतभन्दा बढी अर्थात ३ हजार ९१८ अंकले बढेको छ। विज्ञहरूका अनुसार यो उछाल अझै जारी रहनेछ।






