काठमाडौं : ङादी ग्रुप पावरले १०० % हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस कम्पनीको आइतबार (असार १७ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ । त्यसपछि प्रस्ताव साधारण सभामा पेश हुनेछ । सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिपछि मात्र सेयर जारी हुनेछ ।






