थ्रीस्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको आइपीओको सेयर बाँडफाँड हुने भएको छ। असार १९ मंगलबार बिहान ९ः३० बजे बाँडफाँडलाई समय बिक्री प्रबन्धक हिमालयन क्यापिटलले तोकेको छ ।
कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म आइपीओ सर्वसाधारणलाई जारी गरेको थियो । यस आइपीओमा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको थियो।






