काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरे ।




