आईपीओसँगै हकप्रद निष्कासनमा जलविद्युत कम्पनीको वर्चस्व


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओसँगै हकप्रद निष्कासनमा जलविद्युत कम्पनीको वर्चस्व

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखिन्छ । साधारण शेयर (आईपीओ)सँगै हकप्रद शेयर निष्कासनमा समेत जलविद्युत कम्पनीहरू अग्र स्थानमै पर्छन् । निरन्तर रूपमा जलविद्युत कम्पनीको आईपीओ आइरहँदा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिने र अनुमति पाउनेहरूमा पनि जलविद्युत कम्पनीकै वर्चस्व देखिएको हो ।    

जलविद्युत कम्पनीहरूले ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था लागू भएसँगै धेरै जसो जलविद्युत कम्पनी हकप्रद निष्कासनको तयारीमा जुटेका छन् । विद्युत् नियमन आयोगका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म २५ वटा कम्पनीहरुले प्राथमिक तथा हकप्रद शेयर निष्कासनको पूर्व स्वीकृति पाएका छन् । 

हकप्रद निष्कासनको लागि आयोगबाट स्वीकृति पाएपछि जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्छ । बोर्डबाट पनि स्वीकृति पाएपछि उनीहरूले हकप्रद निष्कासनका लागि घोषणा गर्छन् । केही वर्षअघि धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयरको बाहुल्यता रहेकोमा पछिल्ला वर्षहरूमा जलविद्युत कम्पनीहरूको बाहुल्यता देखिन्छ  । 

Read More
  • EBL Ad news