सातामा कुल बजार पूँजीकरण १ खर्बभन्दा बढीले वृद्धि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सातामा कुल बजार पूँजीकरण १ खर्बभन्दा बढीले वृद्धि

काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण गत साताको कारोबारमा रू. १ खर्ब ३९ अर्बभन्दा बढीले बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रू. ३१ खर्ब ५० अर्बभन्दा बढी पुगेको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रू. ३० खर्ब १० खर्बभन्दा बढी थियो ।अघिल्लो साताको तुलनामा गन साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक ९५ दशमलव ४६ अंक बढेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ५५ दशमलव ५३ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार १५० दशमलव ९९ विन्दुमा पुगेर बन्द भएको छ । गत साता चार कारोबार दिनमा रू. २३ अर्ब २५ करोड १४ लाखभन्दा बढीको ५ करोड ३१ लाख ५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

Read More
  • EBL Ad news