भारतीय शेयर बजारले बनायाे ऐतिहासिक रेकर्ड


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारले बनायाे ऐतिहासिक रेकर्ड

शुक्रवार भारतीय शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएकाे छ। सेन्सेक्स ८०३ अंकले वृद्धि भएर ६४,७१८ विन्दुमा पुगेकाे छ। निफ्टी पनि २१६ अंकले बढेर १९,१८९ विन्दुकाे रेकर्डस्तरमा बन्द भएकाे छ। यो सेन्सेक्स र निफ्टी दुबैकाे हालसम्मकै उच्च विन्दु हाे ।

काराेबारकाे समयमा सेन्सेक्सले ६४,७६८ र निफ्टीले १९,२०१ काे उच्चस्तर छाेएकाे थियाे । याेसँगै सेन्सेक्स र निफ्टी दुबैले नयाँ अल टाइम हाई र ५२ साताकै उच्च भइ रेकर्ड पनि कायम गरेकाे छ । यसअघि बुधवार पनि  सेन्सेक्स र निफ्टीले आफ्नो नयाँ रेकर्ड बनाएकाे थियाे ।

महंगी कम हुँदा र कच्चा तेलकाे मूल्यमा गिरावट भएसँगै भारतकाे शेयर बजारमा उच्च वृद्धि देखिएकाे हाे ।

एम एण्ड एम -इन्फोसिस निफ्टी-५० काे टप गेनर

सेन्सेक्सका ३० शेयरहरूमध्ये २८ बढेकाे छ भने २ शेयर घटेकाे छ। यसैगरी,आज एम एण्ड एम, इन्फोसिस, इन्डसइन्ड बैंक, सन फार्म, हीरो मोटोकर्प, टीसीएस, मारुति र बजाज अटो समेत गरी निफ्टी-५०का ४० शेयरहरू बढेका छन्। निफ्टीकाे अडानी पोर्ट्स, ग्रासिम, अपोलो हॉस्पिटल, एचडीएफसी लाइफ, अडानी इन्टरप्राइजेज, डिविस ल्याब, आईसीआईसीआई बैंक र बीपीसीएल लाइट गरी १० शेयरमा भने गिरावट देखिएकाे छ ।

आईटी क्षेत्रमा सबैभन्दा बढी २.५० प्रतिशतकाे वृद्धि

एनएसइका ११ सेक्टरल इंडेक्समध्ये १० मा बढाेत्तरी हुँदा एक शेयरमा गिरावट देखिएकाे छ। यस दिन आईटी क्षेत्र सबैभन्दा बढी २.५० %ले बढेकाे छ। अटो र पीएसयू बैंक सेक्टर पनि २ प्रतिशत भन्दा बढिले उकालाे लागेकाे छ। फार्मा र प्राइभेट बैंक सेक्टरमा १ प्रतिशत भन्दा बढीकाे वृद्धि देखिएकाे छ। बैंक, फाइनान्सियल सर्भिसेज, एफएमसीजी, मिडिया र रियल्टी सेक्टर पनि हरियाे भएकाे छ। शुक्रबार मेटल सेक्टरमा मात्र सामान्य गिरावट देखिएकाे हाे ।

Read More
  • EBL Ad news