काठमाडौं । कामना सेवा विकास बैंकले आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।
मौलिक परम्परालाई जगेर्ना गर्ने उद्वेश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको ‘दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता’तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना गरिएको ‘१८औँ रोपाई महोत्सव’ लाई आर्थिक सहयोग गरेको छ । बैंकले मौलिक तथा सांस्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्यले उक्त कार्यक्रमहरुलाई सहयोग गरिएको जनाएको छ ।








