विश्व अर्थतन्त्रको ९८ प्रतिशत ओगट्ने मुलुकहरू डिजिटल मुद्रामा, नेपालमा के हुँदैछ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विश्व अर्थतन्त्रको ९८ प्रतिशत ओगट्ने मुलुकहरू डिजिटल मुद्रामा, नेपालमा के हुँदैछ?

विश्व अर्थतन्त्रको ९८ प्रतिशत हिस्सा ओगट्ने एक सय ३० मुलुकले डिजिटल मुद्रा प्रचलनमा ल्याउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ।  

यस्तो मुद्रा प्रयोगमा ल्याइसकेका कतिपय मुलुकहरूले यसको लागि स्तरीकृत विकास गरिरहेका छन्, कतिपय पाइलट सर्वे गर्ने क्रममा छन् भने कतिपय कार्यान्वयनको अवस्थामा रहेको अध्ययनहरूले देखाएको रोयर्टसले उल्लेख गरेको छ।  

अमेरिकामा रहेको एटलान्टिक काउन्सिल थिङ्क ट्याकले प्रकाशित गरेको अध्ययनले यस्तो देखाएको हो। अहिले अर्जेन्टिना बाहेकका जी २० मुलुकहरूमा यो प्रवृत्ति स्तरीकृत हुने चरणमा रहेको छ। 

Read More
  • MBL - below news